१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

लगातार दोस्रो दिन पनि घट्यो सेयर बजार, १६ अर्ब १० करोड बढी काराेबार

२७ जेठ, काठमाडाैँ । साताकाे अन्तिम काराेबार दिन आज सेयर बजार झिनाे अंकले घटेकाे छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १.८० अंकले घटेर २९४४.७८ विन्दुमा झरेको हो । यो दोस्रो दिनको लगातारको गिरावट हो ।नेप्से ०.०६ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक भने २.५९ अंकले बढेर ५२७.८७ विन्दुमा पुगेको छ । गत मंगलबार एकै ५३ अंकले वृद्धि भएको बजारमा गत बुधबार १३.५६ अंकको गिरावट आएको थियो ।

आज कूल २२० वटा कम्पनीकाे ३ कराेड ६ लाख ६ हजार ६ सय ४४ कित्ता सेयर खरिदबिक्री हुँदा १६ अर्ब १० करोड ४ लाख १२ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । यस दिन विकास बैंक समूह धनात्मक हुँदा वाणिज्य बैंकहरु ऋणात्मक भएका छन् भने होटल तथा पर्यटन, व्यापार, जीवन बीमा, निर्जीवन बीमा लगायत अन्य समूह ऋणात्मक रहेका छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहीबार १५:५८