जन्मदिनमा धरहरामा केक काटे राजेश हमालले
२७ जेठ, काठमाडाैँ । नेपाली फिल्मका महानायक अभिनेता राजेश हमालले बुधबार परेको आफ्नो जन्मदिन विशेष तरिकाले मनाउनु भएकाे छ । हमालले, जन्मदिनको केक काट्नका लागि धरहरालाई रोज्नुभएकाे हाे ।
धरहराको टुप्पोमा पुगेर हमालले धरहराबाट वरिपरिको दृश्यावलोकन गर्दै सबैभन्दा माथिल्लो तलाको बार्दलीमा केक काट्नुभएकाे हाे । हमालले केक काट्ने क्रममा उहाकी पत्नी मधु भट्टराई पनि उहाको साथमा नै रहेको देख्न सकिन्छ ।
धरहरा निर्माणका लागि दिनरात काम गरिरहेका मजदुरहरुको हौसला बढाउने उदेश्यले हमालले जन्मदिनको केक धरहरामा काट्नुभएकाे हाे । हमालले केक काटेर धरहरा निर्माणमा खटिएका मजदुरहरुसँग खुसी साट्नुभएकाे थियाे ।
नायक हमालले बुधबार बिहानै मन्दिर पुगेर पूजा गर्नुभएकाे थियाे भने बेलुकी उहाले परिवारसँग जन्मदिनको सेलिब्रेशन गर्नुभएकाे थियाे ।
प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहीबार १३:५७