१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

छोटो समयमा राम्रो संस्थागत सुधार गरेको समृद्धि फाइनान्सको सेयर लिलामीमा

२५ जेठ, काठमाडाैँ । छोटो समयमा राम्रो संस्थागत सुधार गरेको समृद्धि फाइनान्सको संस्थापक सेयर लिलामीमा गएको छ । समृद्धिले असार ३ गतेदेखि संस्थापक शेयर लिलामी मार्फत विक्रीमा ल्याउने एक सूचना मार्फत जानकारी गराएको छ ।

समृद्धिले गत मंसिर १० गतेदेखि १७ गतेसम्म हकप्रद शेयर विक्री खुला गरेकोमा १३ लाख ८० हजार ७१८ कित्ता संस्थापक सेयरका लागि आवेदन नपरेकाले लिलामीमार्फत विक्री गर्ने घोषणा गरेको हो । उक्त सेयर खरीद गर्न योग्य व्यक्ति, कम्पनी तथा संघ संस्थाले असार ३ गतेदेखि असार १० गतेसम्म बोलपत्र पेश गर्न सक्ने समृद्धिले जनाएको छ । सेयरको न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलवार १७:२५