१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

सिईडिबी हाइड्रोको आईपीओ नेप्सेमा सूचिकृत, कति छ ओपनिङ्ग रेञ्ज ?

२५ जेठ, काठमाडाैँ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचीकृत भएकाे छ । कम्पनीकाे ८३ लाख ९४ हजार १ सय कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएकाे हाे । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १३८ रूपैयाँ ७९ पैसादेखि अधिकतम ४१६ रुपैयाँ ३७ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । बुधबार देखि कम्पनीको सेयर कारोबारमा आउनेछ । नेप्सेले कम्पनी शेयरलाई सिइएचडिसी कारोबार संकेत प्रदान गरेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलवार १४:३९