१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

सानिमा लाइफको आईपीओ निष्काशन गर्ने प्रस्ताव साधारणसभाबाट पारित

२३ जेठ, काठमाडाैँ । सानिमा लाइफ इन्स्योरेन्सको साधारण सेयर (आइपीओ) निष्काशन गर्ने प्रस्ताव साधारणसभाबाट  पारित भएकाे छ । आइतबार सम्पन्न इन्स्योरेन्सको तेस्रो साधारणसभाले आइपीओ निष्काशन गर्ने  प्रस्ताव पारित गरेको हो ।

कम्पनीको साधारणसभा प्रधान कार्यालय कमलादी, काठमाडौँमा भर्चुअल माध्यमबाट सम्पन्न भएको थियो । सभाले आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरणहरु पारित गर्दै गत आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

त्यस्तै, सभाले संचालकहरुको बैठक भत्ता तथा अन्य सुविधा पुनरावलोकन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको प्रवन्धपत्रमा संशोधन गर्ने, कम्पनीको प्रवन्धपत्र तथा नियमावली संशोधन गर्न नियमनकारी निकायबाट निर्देशन आएमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिएकाे कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आईतवार १५:५२