बढ्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?
२३ जेठ, काठमाडाैँ । आइतबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँ कायम भएकाे छ । शुक्रबार छापावाला सुन प्रतितोला ९३ हजार ४०० काया भएकाे थियाे । त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। शुक्रबार तेजाबी सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँमा खरिद बिक्री भएको थियो। आज चाँदी पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १३५५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १३४० रुपैयाँमा खरिद बिक्री भएको थियो।
प्रकाशित मिति : June 6, 2021 at 11:23 am









