१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

फेरि बढ्यो पेट्रोलिय पदार्थको मूल्य, पेट्रोलको मूल्य प्रतिलिटर १२५ पुग्यो

२२ जेठ, काठमाडाैँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बृद्धि गरेको छ । नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्यमा प्रतिलिटर दुई रुपैयाँका दरले बृद्धि गरेको हो ।

निगमले सार्वजनिक गरेको नयाँ दरअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय २५, डिजेल तथा मट्टितेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८० रुपैयाँ पुगेको छ। यसअघि जेठ २ गते पनि इन्धनको मूल्य बृद्धि भएको थियो ।

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार २१:२७