खाना पकाउने ग्यास ११२० रूपैयाँमा पाइने
२१ जेठ, काठमाडौँ। आजबाट खाना पकाउने ग्यास ११२० रूपैयाँमा पाइने भएको छ। बिहीबार सरकारी निकायका दुई व्यापारिक संस्थानहरू खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सूचना जारी गर्दै आजबाट ग्यास ११२० रुपैयाँमा बेच्ने जानकारी दिएका हुन् । सरकारले बजेटबाट सरकारी कम्पनीबाट बेचिने अत्यावश्यक वस्तुमा अधिकतम २० प्रतिशत छुट दिने घोषणा गरेअनुसार ग्यासको मूल्य घटेको हो ।
प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार १४:०२