११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

नेप्सेले गर्यो खानीखोला हाइड्रोपावरको सेयर कारोबार रोक्का

२० जेठ, काठमाडाैँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर कारोबार रोक्का गरेको छ । कम्पनीले वित्तीय विवरणहरु सार्वजनिक नगरेको भन्दै दोस्रो बजारमा कारोबार रोक्का गरेको हाे ।

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ काे विनियम २२ (१) (क) मा भएकाे व्यवस्था बमाेजिम वित्तीय विवरणहरू पेश गरेकाे नपाइएकाे हुनाले धिताेपत्र सूचीकरण विनियमावली, २०७५ काे विनियम १६ (१) (घ) मा भएकाे व्यवस्था बमाेजिम जेठ २० गतेबाट राेक्का गरिएकाे जनाएकाे छ ।

 

प्रकाशित मिति : June 3, 2021 at 4:35 pm