१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

अब दूध उत्पादनमा पनि आत्मनिर्भर बन्छौँः मन्त्री अर्याल

१८ जेठ, काठमाडाैँ । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले अबको दुई वर्षभित्र मुलुक दूध उत्पादनमा आत्मनिर्भर बन्ने बताउनुभएको छ । विश्व दूध दिवसका अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले मङ्गलबार आयोजना गरेको भर्चुअल कार्यक्रमा मन्त्री अर्यालले प्रतिव्यक्ति ११ लिटर दूध अपुगको अहिलेको अवस्थालाई दुई वर्षभित्र पुरा गर्छौ भन्नुभयो ।

मन्त्री अर्यालले दूग्ध र डेरी क्षेत्रलाई प्रोत्साहन गर्ने गरी बजेट आएकोसमेत बताउनुभयो । कोभिड १९ महामारीले दुग्ध क्षेत्रमा समस्या सिर्जना गरेको भन्दै उहाँले यस विषयमा मन्त्रिपरिषद्को बैठकमा समेत छलफल भएको र बजारसँग जोडिएका कुरालाई सहजीकरण गर्ने दिशातर्फ सरकार अगाडि बढेको बताउनुभयो ।

डिडिसीले दैनिक एक लाख लिटर दूध सङ्कलन गर्नुुपर्ने अवस्था भए पनि अहिलेका अवस्थामा ९० हजार लिटर दैनिक सङ्कलन गर्दै आएको भन्दै उहाँले बजार खुलेपछि खपत बढाउने गरी काम गर्न निर्देशन दिनुभयो ।

प्रकाशित मिति : June 1, 2021 at 7:46 pm