२९ कार्तिक २०८१, बिहीबार | Thu Nov 14 2024

कुलपतिको स्वीकृतिविना क्यानडा जान लागेका उपकुलपति कोइराला विमानस्थलबाट पक्राउ

२४ असार, काठमाडौँ । कुलपतिको स्वीकृति विना विदेश भ्रमणमा जान लागेका संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइराला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन । क्यानडाको भ्यानकोभर सहरमा हुन लागेको १७ औं विश्व संस्कृत सम्मेलनमा भाग लिन ७ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रस्थान गर्न लागेका कोइरालालाई नियन्त्रणमा लिई प्रहरीले विदेश जान रोकेको हो ।

बोर्डिङ पास लिएर विमान चढ्न लागेका कोइरालालाई प्रहरी टोलीले नियन्त्रणमा लिई विदेश जान रोकेको कोइरालाले बताएका छन । विदेश जानुअघि कुलपतिबाट स्वीकृति लिनुपर्नेमा स्वीकृति नलिई कोइराला क्यानडा भ्रमणमा जान लगेका थिए । सार्वजनिक पद धारण गरेको त्यो पनि एउटा विश्वविद्यालयको कार्यकारी नेतृत्व गरेर बसिरहेका कोइरालाले कुलपतिको अस्तित्व अस्वीकार गर्न खोज्दा सम्मेलनमा जानबाट रोकिएका हुन ।

अनुशासन नैतिकताको पाठ पठाउने संस्कृति विश्वविद्यायका उपकुलपतिकै हालत यस्तो हुनु लज्जाको विषय हो । प्रहरीले कुलपतिको स्वीकृतिविना विदेश भ्रमणमा जान खोज्ने कोइरालालाई रोकेर पदीय मर्यादा र अनुशसान सबैले पालना गर्नुपर्छ भन्ने कडा सन्देश समेत दिएको छ ।

प्रकाशित मिति : २४ असार २०७५, आईतवार ०८:०८