२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

एसईई परीक्षा वैकल्पिक विधिबाट गर्न बोर्डले माग्यो शिक्षा मन्त्रालयसँग अनुमति

१६ जेठ, काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीका कारण स्थगित २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)  वैकल्पिक विधिबाट गर्न शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ। कोरोना संक्रमणकाे जाेखिम कम भइ नसकेकाेले अहिलेकै अवस्थामा विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराएर परीक्षा लिन नसकिने देखिएकोले वैकल्पिक विधिबाट एसईई गर्नुपर्ने बोर्डले जनाएकाे छ ।

बोर्डको शनिबार बसेको बैठकले एसईई परीक्षा वैकल्पिक विधिबाट गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष चन्द्रममणि पौडेलले जनाकारी दिनुभयाे । ‘हामीले एसईई परीक्षा वैकल्पिक मूल्यांकनबाट गरौँ भनेर शिक्षा मन्त्रालयलाई सिफारिस गरेका छौँ । अब शिक्षा मन्त्रालयको निर्णय बमोजिम एसईई परीक्षा हुन्छ,’अध्यक्ष  पौडेल भन्नुभयाे । गत वैशाख २७ मा एसईई र कक्षा १२ को परीक्षा तत्काल नगर्ने गरी स्थगित गरिएको थियो। एसईई जेठ १३ गतेदेखि र कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि गर्ने  तालिका सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : 15:04