१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

शिखर इन्स्योरेन्सको बोनस सेयर हितग्राही खातामा जम्मा

१६ जेठ, काठमाडाैँ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा भएको छ । इन्स्योरेन्सले २०७७ फागुन २५ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा उक्त बोनस सेयर जम्मा गरिदिएको हो । कम्पनीले गत चैत ९ गते सम्पन्न १५औं र १६औं साधारण सभाबाट पारित २७.७७ प्रतिशत बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको हो । उक्त मिति पश्चात अभौतिकीकरण गराएका सेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित सेयरधनीको हितग्राही खातामा सेयर जम्मा गरिने भएकाले सेयर अभौतिकीकरण गराउन कम्पनीले अनुरोध गरेको छ । इन्स्योरेन्सको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आईतवार ११:२२