१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

बजेट निजी क्षेत्रमैत्री, हामी खुशी छाैँः वरिष्ठ उपाध्यक्ष ढकाल

१५ जेठ, काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बजेट निजी क्षेत्रमैत्री भएको बताउनुभएको छ । आगामी वर्षका लागि सरकारले शनिबार प्रस्तुत गरेको बजेटमा निजी क्षेत्रका अधिकांश मागहरु समेटिएको ढकालले बताउनुभयो ।

‘कोरोना महामारीका कारण अहिल प्रतिकुल अवस्था छ,’ उहाँले भन्नुभयो , ‘यो प्रतिकुल अवस्थामा बजेटले स्वास्थ्य तथा स्वास्थ्यसँग सम्बन्धित पूर्वाधार विकासलाई प्राथमिकता दिनु राम्रो पक्ष हो । कोरोनाका कारण अस्तव्यस्त भएको पर्यटन क्षेत्रलाई उकास्न सरकारले बजेटमार्फत ल्याएका योजना राम्रो रहेको ढकालले बताउनुभयो।

‘पर्यटन क्षेत्रलाई बजेटले प्राथमिकता दिएको छ,’ उहाँले भन्नुभयो , ‘आन्तरिक पर्यटक बढाउने, बाह्य पर्यटकलाई भिसा फि निःशुल्क गर्ने, संरक्षण क्षेत्रमा पर्यटन पूर्वाधारको विकास गर्ने, कर्मचारीलाई १० दिने पर्यटन विदा दिने लगायतका निर्णय राम्रा छन् ।’ आइएमई ग्रुपका अध्यक्षसमेत रहेका ढकालले निजी क्षेत्रले दिएका सुझाव समग्रमा समेटिएको बताउँदै बजेटलाई कार्यान्वयन गरिनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : May 29, 2021 at 9:46 pm