१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

ओली सरकारले ल्याएको बजेटका यी हुन २० विशेषता

१५ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले १६ खर्ब १७ अर्बको लोकप्रिय बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गर्नुभएको बजेटका मुख्य केही विशेषता यहाँ बुँदागत रूपमा प्रस्तुत गरिएको छ ।

१, सरकारी कर्मचारीको तलब २ हजारले बृद्धि

२. सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले वृद्धि

३. ज्येष्ठ नागरिक भत्ता मासिक ४ हजार रुपैयाँ

४. सरकारी कर्मचारीलाई १० दिन तलबसहित पर्यटन विदा

५ शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

६. वैदेशिक रोजगारीमा फर्किएका युवालाई ५ प्रतिशत ब्याजदरमा सहुलियत ऋण

७. अक्सिजिन उद्योगका लागि विद्ययुतमा ५० प्रतिशत छुट

८. पत्रकारका लागि निुशल्क उपचार, ७ लाखको दुर्घटना बीमा

९. निजामति कार्मचारीको १० लाखको दुर्घटना बीमा

१०. तरकारी, दूध र माछामासुको ढुवानी गर्दा किसानले २५ प्रतिशत अनुदान पाउने

११. विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार कर्जा र सिम कार्ड निःशुल्क दिने

१२. निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट

१३. तीन वर्षभित्र रासायनिक मल कारखाना सञ्चालनमा आउने

१४ निषेधाज्ञामा साल्ट ट्रेडिङबाट खाद्यान्न र ग्यास किन्दा २० प्रतिशत छुट

१५. भ्रष्टाचारको अखडा बनेको गरिबी निवारण कोष खारेज

१६. स्टार्टअप व्यवसायलाई १ प्रतिशत ब्याजमा २५ लाखसम्म ऋण

१७. सुरक्षकर्मीको रासन भत्ता १५ प्रतिशतले वृद्धि

१८. सांसद विकास कोष खारेज

१९. नेपाल टेलिकमको २२ प्रतिशत सेयर ग्राहकका लागि

२०. पूर्वाधार विकासमा व्यापक जोड

प्रकाशित मिति : May 29, 2021 at 7:42 pm