१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

उन्नत जातको धान उत्पादन गर्न कृषकलाई बीउ बितरण

१५ जेठ, उदयपुर । जिल्लाको चौदण्डीगढी नगरपालिकाले कृषकहरुलाई उन्नत जातको धान उत्पादन गर्न बीउ बितरण शुरु गरेको छ । बिहिबारदेखि पहिलो चरणमा वडा नम्बर ६ बाट बीउ बितरण शुरु गरिएको छ । अन्य वडामा एक हप्ता भित्र झण्डै चौध मेट्रिकटन बीउ बितरण गरीसक्ने नगरपालिकाका कृषि प्राविधिक प्रमुख नीतु खनालले बताउनु भयो ।

गत वर्ष पनि वर्षायाम सँगै धानको बीउ राख्ने बेलामा नगरपालिकाले उन्नत जातको धानको बीउ बितरण गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका मेयर खगेन्द्र राईले धानबाली नगरको प्रमुख बाली भएकाले धान उत्पादनमा प्रोत्साहन गर्न र नगरपालिकालाई धान उत्पादनमा आत्मनिर्भर बनाउन बीउ बितरण गरेको बताउनुभयो ।

गत वर्ष कृषकलाई उन्नत जातको धानको बीउ बितरण गर्दा नगरमा बीस प्रतिशत भन्दा बढी धान उत्पादन बढेको र धानको उत्पादन बढाउन यस पटक पनि नगरपालिकाले बीउको लागि छुट्टै बजेट व्यावस्थापन गरेको नगरप्रमुख राईले बताउनुभयो । बीउमा २५ प्रतिशत कृषक र ७५ प्रतिशत नगरपालिकाको योगदान रेहको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार ११:०८