१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

धरानमा प्रहरीमाथि हतियारधारीको आक्रमण, पाँच प्रहरी घाइते

१३ जेठ, इटहरी । धरानमा प्रहरीमाथि हतियारधारीको आक्रमण भएको छ । सोक्रममा पाँच प्रहरी घाइते भएका छन । धरान १५ बाझगरस्थित वडा समिति कार्यालयको अगाडि रहेको प्रहरी चौकीमा हितयारधारीले आक्रमण गरेका हुन ।

ज्यान मार्ने धक्की आएपछि उजुरी दिन पुगेका धरान ३ बस्ने प्रशन्न लिम्बूलाइ प्रहरीले बचाउन खोज्दा प्रहरीमाथि नै आक्रमण भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिनुभयो । आक्रमणकारी ६ वटा मोटरसाइकलमा आएका थिए ।

आक्रमणमा घाइते भएकाहरूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । आक्रमणकारीको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहीबार २२:४६