१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

बजेट नल्याउन राष्ट्रिय योजना आयोगका नौ पूर्व उपाध्यक्षको अपिल

१३ जेठ, काठमाडाैँ । बजेट नल्याउनका लागि राष्ट्रिय योजना आयोगका नौ पूर्वउपाध्यक्षले अपिल गरेका छन । उनीहरूले अध्यादेशमार्फत बजेट नल्याउन सरकारसँग अपिल गरेका हुन् । उनीहरूले प्रतिनिधि सभा विघटन भएको अवस्थामा जेठ १५ मै बजेट ल्याउने बाध्यता नरहेको बताउँदै बजेट नल्याउन अपिल गरेका छन । उनीहरूले देशमा अर्को संवैधानिक सङ्कट र अलमल उत्पन्न भएको र यसले देशको अर्थतन्त्रलाई समेत पछि धकेल्ने बताएका छन ।

पूर्व उपाध्यक्षहरू पृथ्वीराज लिगल, डाक्टर जगदीशचन्द्र पोखरेल, डाक्टर शङ्कर शर्मा, डाक्टर पीताम्बर शर्मा, डाक्टर दिनेशचन्द्र देवकोटा, डाक्टर गोविन्दराज पोख्रेल, डाक्टर मीनबहादुर श्रेष्ठ, डाक्टर स्वर्णिम वाग्ले र दीपेन्द्रबहादुर क्षेत्रीले संयुक्त विज्ञप्ति निकालेर बजेट रोक्न माग गरेका छन । यस्तो छ उनीहरूको विज्ञप्ति ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहीबार १९:४४