१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

मुस्ताङ दुर्घटनाः मृतकको संख्या १७ पुग्यो, उपचारका लागि हेलिकप्टर कुर्दा पाँचको मृत्यु

२ असार, काठमाडौँ । मुस्ताङको स्याङ्बोचेमा सडक निर्माण गर्ने मजदुर चढेको ट्रिपर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १७ पुगेको छ । दुर्घटनामा १५ जना घाइते भएका छन भने घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको छ ।

मध्यान्ह १२ः४५ बजे भएको दुर्घटनामा पाँच घाइतेले हेलिकप्टरको साहयतामा उद्धार हुने पर्खाइमै ज्यान गुमाएको स्थानीय प्रत्यक्षदर्शी होटल व्यवसायी जड्याङ तेन्जिङ गुरुङले बताएका छन । दुर्घटना लगत्तै हेलिकप्टरले उद्धार गर्ने बताएपछि चार घण्टा वित्दा पनि घाइतेको उद्धार हुन सकेको छैन ।

प्रकाशित मिति : २२ असार २०७५, शुक्रबार १६:४०