१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

सरकारको निर्णयमा सर्वोच्चको रोक, निषेधाज्ञाको निर्णय तत्काल कार्यान्वयन नगराउन अादेश

२२ असार, काठमाडाैँ । सर्वोच्च अदालतले निषेधाज्ञाको निर्णय तत्काल कार्यान्वयन नगराउन सरकारका नाममा अन्तरकालीन अादेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालिन आदेश जारी गरेको हो ।

सर्वोच्चले छलफलका लागि दुवै पक्षलाई असार २९ गते शुक्रवार बोलाएको छ । नेपाली कांग्रेसका नेता समेत रहेका अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा अब २९ गते सुनुवार्इ हुनेछ । सर्वसाधारणको आवागमनमा समस्या परेको भन्दै सरकारले माइतीघर मण्डला लगायतका काठमाडौंका मुख्य चोकमा विरोध प्रदर्शन गर्न रोक लगाएको थियो ।

प्रकाशित मिति : २२ असार २०७५, शुक्रबार १६:१७