१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

मुस्ताङमा मजदुर चढेको ट्रिपर दुर्घटना, १५ जनाको मृत्यु, १७ जना घाइते, १२ को अवस्था गम्भीर

२ असार, काठमाडौँ । मुस्ताङको स्याङ्बोचेमा सडक निर्माण गर्ने मजदुर चढेको ट्रिपर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन । जिल्लाको दामोदरकुण्ड गाउँपालिका ३ मा कालीगण्डकी करिडोर सडकमा काम गर्ने मजदुर चढेको बा २ क २२१९ नम्बरको ट्रिपर दुर्घटना हुँदा ४ महिला र ११ जना पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

खाना खाएर तामाखोलामा काम गर्न जाँदै गरेका मजदुरहरु दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका १७ मध्ये १२ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतको उद्धारका लागि हेलिकप्टर बोलाइएको छ ।

प्रकाशित मिति : २२ असार २०७५, शुक्रबार १६:००