२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

जागिर लगाइदिने बहानामा १७ वर्षीया किशोरी बलात्कार गर्ने गाउँपालिका अध्यक्ष जेल चलान

३ जेठ, इटहरी । जागिर लगाइदिने बहानामा १७ वर्षीया युवती बलात्कार गर्ने एक गाउँपालिका अध्यक्ष जेल चलान भएका छन । जागिर लगाइदिने प्रलोभन देखाएर एक युवतीलाई बलात्कार गर्दागर्दै होटलबाट पक्राउ परेका सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्र यादवलाई सोमबार जिल्ला अदालत सुनसरीका न्यायाधीश टिकेन्द्र दाहालको इजलासले पूर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो।

अदालतको आदेश पछि यादवलाइ क्षेत्रीय कारागार झुम्का लगिएको छ। यादवलाई इलाका प्रहरी कार्यालय धरानको टोलीले गत वैशाख ८ गते साँझ धरान–४ को एक लजबाट निर्बस्त्र पक्राउ गरेको थियो। सरकारी गाडीमा किशोरी लिएर होटलमा पुगेको सूचनाका आधारमा यादव पक्राउ परेका थिए।

तत्कालीन संघीय समाजवादी फोरमबाट भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्षमा निर्वाचित यादव अहिले जसपाको नेता हुन ।  उनी जसपाका अध्यक्ष उपेन्द्र यादवको अन्यत्नै निकट नेता हुन । इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीको नेतृत्वमा गएको टोलीले अध्यक्ष यादवलाई युवतीसँग निर्वस्त्र अवस्थामा फेला पारेको थियो ।

प्रकाशित मिति : May 17, 2021 at 10:35 pm