१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सोमबार पनि बढ्याे सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?

३ जेठ, काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज तेजावी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा काराेबार भएको छ । आज चाँदीको मूल्यमा पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १३५५ रुपैयाँमा कारोबार भएको महासंले जनाएकाे छ ।

 

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार ११:२५