१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

इटहरीका सम्पूर्ण बैंक तथा बितिय संस्था आजदेखि एक हप्ताका लागि पूर्ण रुपमा बन्द

३ जेठ, इटहरी । इटहरीका सम्पूर्ण बैक तथा बितिय संस्था आज देखि एक हप्ताका लागि पूर्ण रुपमा बन्द हुने भएका छन । इटहरी उपमहानगर प्रमुख द्धारीकलाल चौधरीको अध्यक्षतामा बसेको बैक तथा बित्तिय संस्थाका प्रतिनिधिहरुको संयुक्त बैठकले कोरोना संक्रमणको जोखिम न्युनीकरणका लागी जेठ ३ गतेदेखि ७ गते सम्म एकहप्ता बैक तथा बित्तीय संस्थाको सम्पुर्ण कारोवार बन्द गर्ने निर्णय गरेको हो ।

सो अबधिमा एटिएम भने सञ्चालनमा रहने उपमहानगर प्रमुखको सचिवालयका महेश सुबेदिले जानकारी दिनु भयो । साथै बैठकले इटहरी रंगशालामा रहेको आइसोलेसन सञ्चालनका लागि बित्तिय संस्थाहरु सँग सहयोगको आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार ०८:४९