१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

सिईडिबिको आईपीओ बाँडफाँड, ४ जनाले पाए ११ कित्ता शेयर

३१ वैशाख, काठमाडाैँ  । सिईडिबि हाइड्रोपावरले निश्कासन गरेको आईपीओ बाँडफाँडको भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा भर्चुअल माध्यमबाट आईपीओ बाँडफाँड भएको हाे । कम्पनीको आईपीओ गत वैशाख १७ गतेदेखि २१ गतेसम्म बिक्री गरिएको थियो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २५ लाख २८ हजार २३० कित्ता आईपीओ निष्कासन गरेको थियो।

कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी २३ लाख ४१ हजार ९५४ कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्। यो आईपीमा कुल २ करोड ४७ लाख ७ हजार १०७ कित्ताका लागि आवेदन परेको छ। जुन मागभन्दा १०.५२ गुणा बढी हो।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ता दरले शेयर वितरण भएका छन् । त्यस अनुसार २ लाख ३४ हजार १९५ जनाले मात्रै न्युनतम १० कित्ताका दरले शेयर पाएका छन् । त्यसमध्ये ४ जनाले थप १ कित्ता शेयर पाएका छन् । बाँकी १४ लाख ३ हजार ४६४ आवेदकको हात खाली भए । यस्तै कम्पनीको आईपीओमा आवेदन परेका ४ हजार ४४२ आवेदनहरु रद्ध भएकाे छ । आईपीओको नतिजा धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट (https://www.sunrisecapital.com.np/ipo) र सीडीएससीको (https://iporesult.cdsc.com.np/) मा हेर्न सकिनेछ।

 

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार १२:०५