१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

राप्रपा छिट्टै एक हुन्छः अध्यक्ष राणा

२१ असार, नगरकोट । राप्रपा प्रजातान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष पशुपति शमशेर जबराले राप्रपा छिट्टै एक हुने बताउनुभएको छ ।

वर्तमान सरकारका प्रमुख केपी शर्मा ओलीले सम्पत्ति शुद्धीकरण आयोग, राजश्व अनुसन्धान आयोग र राष्ट्रिय अनुसन्धान आयोगलाई प्रधानमन्त्री कार्यालय मातहतमा ल्याउन खोज्नु शक्ति केन्द्रीकरण गर्ने प्रवृत्तिको संकेत भएको उहाँको भनाइ थियो ।
अध्यक्ष राणाले सर्वोच्च अदालतले बालकृष्ण ढुंगेलका हकमा सुनाएको सजायलाई वर्तमान सरकारले क्षमा दिएर न्यायपालिकाको मात्र अपमान नभएर शक्ति पृथकीकरणको मूल सिद्धान्तको समेत खिल्ली उडाएको आरोप लगाउनुभयो ।

केदारभक्त माथेमाको संयोजकत्वमा गठित चिकित्सा शिक्षा आयोग र डाक्टर केसीले सिफारिश गरेको प्रावधानसहितको चिकित्सा शिक्षा विधेयक पारित नभएसम्म मेडिकल माफियाको राज चलिरहने उहाँको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफल रहेको भन्दै उहाँले उत्तर र दक्षिणतर्फ नेपालको निकासी बढाउने ठोस योजना सरकारले ल्याउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २१ असार २०७५, बिहीबार १५:०८