२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

चार नेतामाथिको कारबाही फुकुवाले सकारात्मक माहोल बनेको छः सचिव विष्ट

३० वैशाख, काठमाडौँ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले चार नेतामाथि गरिएको कारबाही फुकुवाको निर्णयले पार्टी विवाद अन्त्यका लागि सकारात्मक वातावरण बनाएको बताउनुभएको छ । उहाँले कारबाही फुकुवापछि संवादको ढोका खुलेको जानकारी दिनुभयो ।

दैनिकीसँग कुरा गर्दै सचिव विष्टले एमालेको आन्तरिक एकताका लागि अब हुने प्रयासहरू अझै महत्वपूर्ण हुने बताउनुभयो । उहाँले विगतका विवाद अन्त्य गर्न पूर्ववत कमिटीहरूको पुनर्जिवन दिनेकुरा सबैभन्दा महत्वपूर्ण भएको भन्दै अब संवादको ढोका खुलेका कारण आपसी छलफलबाटै सबै कुराको निकास निस्कने विश्वास व्यक्त गर्नुभयो ।

पछिल्लो दिनमा पार्टी एकता र माधवकुमार नेपाल समूहको राजिनामा रोक्नमा महत्वपूर्ण भूमिका खेल्नुभएका विष्ट लगायतका दोस्रो तहका नेताहरूबीच दिनहुँजसो छलफल भैरहेको छ । उहाँहरूको छलफलले नेताहरूमाथि मिल्न दबाब सिर्जना गरेको  ।

बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकले माधवकुमार नेपालसहित चार नेतामाथिको निलम्बनको कारवाही फुकुवा गरेको छ । बैठकले नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेको हो । पार्टीलाई एक बनाउन अध्यक्ष केपी शर्मा ओलीले कारवाही फुकुवाको प्रस्ताव राखेपछि बैठकले अनुमोदन गरेको हो । बैठकले विगत बिर्सिएर अघि बढ्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : 12:52