२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

ओलीको फोन नउठाएपछि माधव नेपाल भेट्न कोटेश्वर पुगे विष्णु पौडेल

३० वैशाख, काठमाडौँ । नेकपा एमलेका निलम्बित नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको फोन नठाएपछि स्थायी कमिटी सदस्य एवं अर्थमन्त्री विष्णु पौडेल कोटेश्वर पुग्नुभएको छ । उहाँ प्रधानमन्त्री ओलीको सन्देश लिएर कोटेश्वर पुग्नुभएको हो । बुधबार साँझ प्रधानमन्त्रीले गरेको फोन नेपालले नउठाएको बुझिएको छ ।

एमाले विवाद अन्त्यका लागि अग्रसरता लिनुभएका प्रधानमन्त्री ओलीले यसअघि ७ जना नेता सम्मिलित एउटा कार्यदलबाट अनौपचारिक रूपमा प्रस्ताव भएको विषयबाटै सहमतिको प्रयास गरिरहेको बुझिएको छ । वैशाख २६ मा सांसद पदबाट राजिनामा दिएर हिड्न खोजेका नेपाल समूहका नेताहरू र प्रधानमन्त्री निकाटका नेताहरू दिनहुँजस्तो छलफलमा हुनुहुन्छ ।

प्रकाशित मिति : 09:35