२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

महन्थ ठाकुरको हस्ताक्षर आधिकारिक हुने जसपाको पत्र राष्ट्रपति कार्यालयमा

२९ वैशाख, काठमाडाैँ । नयाँ सत्ता समीकरणमा निर्णायक रहेको जनता समाजवादी पार्टी (जसपा)ले पहिलो अध्यक्षको हैसियताले जसपाको आधिकारीक हस्ताक्षर महन्थ ठाकुरको हुने जानकारी राष्ट्रपति कार्यालयलाइ गराएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दलिय आधारमा बहुमतको सरकार गठन गर्ने आह्वान गरेपछि उपेन्द्र यदावले बदमासी गर्ने पूर्वानुमानसहित जसपाले आधिकारिक हस्ताक्षरका बारेमा जानकारी गराएको हो ।

जसपका उपमहासिचव डा सुरेन्द्र झाले हस्ताक्षर आधिकारिकताको विषयमा जानकारी गराएको जानकारी दिनुभयो । उहाँले नयाँ सरकार गठनमा जसपाको सहभागिता नरहने पत्र पनि आवश्यक परेको खण्डमा राष्ट्रपति कार्यालयमा दिइने बताउनुभयो ।

अहिले जसमा ठाकुर पक्षले आन्दोलनको क्रममा लागेकाको मुद्दा फिर्ता, बन्दी रिहाइ, नागरिकता, संविधान संशोधनलगायत सवालमा प्रधानमन्त्री ओलीसँग वार्ता सकारात्मक रूपले अगाडि बढिरहेको भन्दै उनले नयाँ सरकार गठनमा सहभागी नहुने घोषणा गरेको छ भने ।  उपेन्द्र यादव र डा बाबुराम भट्टराइ पक्ष एक दुइ मन्त्रीका लागि र्यालकाढीरहेको छ ।

प्रकाशित मिति : 08:52