२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

दक्षिणपन्थीको घोडा बन्न तयार माधव नेपालहरूको विधि र अनुशासन पनि देखियोः नेता बस्नेत

२८ वैशाख, काठमाडाैँ । नेकपा एमालेका नेता तथा सांसद महेश बस्नेतले ७१ वर्षपछि कम्युनिष्टहरूले प्राप्त गरेको सत्ता अरुलाई दिलाउन प्रचण्ड लागिपरेको भन्दै कडा प्रहार गर्नुभएको छ ।

पूर्वमन्त्री बस्नेतले नयाँ सरकार गठनको गृहकार्य र संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिश्वासको मन नदिएको बिषयलाई उठान गर्दै माधव नेपाल र प्रचण्डलाई कडा प्रहार गर्नुभएको हो । त्यस्तै उहाँले ‘सत्तामा रहँदा भ्रष्टाचार, अनियमितता र कुशासन दिने कांग्रेस नेताहरूको नौटंकी फेरि देखिन थालेको’ टिप्पणी गर्नुभएको छ ।

७ बुँदामा आफ्ना भनाइ राख्दै बस्नेतले प्रचण्ड, माधव नेपालदेखि बाबुराम भट्टराईसम्मको कडा आलोचना गर्नुभएको छ । बस्नेतले सरकारबिरुद्ध श्याल हुँइया मच्चाउनेहरुको प्रतिरोध गर्न पनि आग्रह गर्नुभएको छ ।

यस्तो छ बस्नेतको धारणा

१. ७१ बर्ष पछाडि कम्युनिष्टहरूले प्राप्त गरेको सत्ता दक्षिणपन्थीको पाउमा चढाउन कम्मर कसेर लागेका प्रचण्डहरुको क्रान्तिकारीपन पनि देखियो।

२. जनताको प्यारो पार्टी फुटाएर भएपनि उग्रवामपन्थी र दक्षिणपन्थीको घोडा बन्न तयार माधव नेपालहरुको विधि र अनुशासन पनि देखियो।

३. विगतमा सत्तामा रहँदा भ्रष्टाचार, अनियमितता र कुशासन दिने कांग्रेस नेताहरूका नौटंकी फेरि देखिँदैछ।

४. पद र पैसा भने पछि जीउज्यान छाड्ने आफू मन्त्री होउन जेल त्यही सरकार क्रान्तिकारी र आफू भ्रष्ट र असफल भएर फालिएपछि प्रतिगामी, संविधान संशोधन र मधेसी आन्दोलनका मुद्दामा मतलब छैन । कुर्सिको लागि जे पनि गर्ने उपेन्द्र यादवको मधेस मोह पनि हेरियो ।

५. आठ वटा पार्टी फेरेर प्रवेश गरेको जसपालाई फोर्न प्रचण्ड र रामचन्द्रहरूको गोटी बन्ने आफ्नो सांसदहरूलाई एक ठाउँमा राख्न नसक्ने अनि प्रधानमन्त्री र राष्ट्रपतिलाई सराप्ने बाबुरामको कुण्ठा पनि देखियो ।

६. राष्ट्रियता जनताको विकास, समृद्धि र कोभिडको महामारीविरुद्ध सशक्त नेतृत्व दिन सक्ने एमाले र प्रधानमन्त्री केपी ओली नै हो, कुनै भ्रममा नपरी अभियान बनाएर लागौं ।

७. स्याल हुँइया गर्नेहरूको भविश्य छैन, आवश्यक प्रतिरोध गरौं ।

 

प्रकाशित मिति : 20:01