लुम्बिनीमा राष्ट्रियसभाको उपनिर्वाचन जेठ १७ मा
२८ वैशाख, काठमाडौँ । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचन जेठ १७ गते हुने भएको छ । निर्वाचन आयोगले आगामी जेठ १७ गते सम्पन्न हुनेगरी लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । स्वीकृत कार्यक्रमअनुसार जेठ १ गते मतदाता नामावली प्रकाशन र दावी विरोधको उजुरी दिने, जेठ २–३ गते उजुरी माथि छानवीन र कार्वाही गर्ने तथा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, जेठ ४ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने रहेको छ।
प्रकाशित मिति : 17:10









