१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

निषेधित क्षेत्रमा प्रदर्शन गर्ने कांग्रेस निकट नागरिक समाजका सदस्य पक्राउ

२१ असार, काठमाडौँ । प्रहरीले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने कांग्रेस निकट नागरिक समाजका १२ सदस्य पक्राउ परेका छन । जुम्लामा अनसनरत डा गोविन्द केसी र वीर अस्पतालमा अनसनरत गंगामाया अधिकारीको माग पूरा गर्न माग गर्दै निषेधित क्षेत्रमा प्रदर्शन गर्ने कांग्रेस निकटका नागरिक समाजका सदस्यहरु पक्राउ परेका हुन ।

पक्राउ पर्नेहरूमा डा उद्धव प्याकुरेल, चरण प्रसाईं, डा. सुरेन्द्र भण्डारी, महामुनिश्वर आचार्य, सागर अधिकारी, मनोज अधिकारी, मोहन ज्ञवाली र लोकेन्द्र पोखरेल, लोकराज अवस्थी, विश्व दुवाल, जयराम दाहाल, इन्द्रप्रसाद अर्याल रहेका छन् ।

पक्राउ परेका मध्ये जयराम दाहाल नेविसंघका नेता हुन भने इन्द्रप्रसाद अर्याल सिके राउतको संरक्षणमा गतिबिधि गर्ने र विज्ञप्ति निकाल्ने विवादित पृष्ठभूमिका व्यक्ति हुन ।

प्रकाशित मिति : २१ असार २०७५, बिहीबार १२:५८