राष्ट्रपतिले दलहरूलाई सरकार बनाउन भन्या हो उपेन्द्रले खुट्टा उचालेर केही हुन्नः नेता महतो
२८ वैशाख, काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले राजनीतिक दलहरूका लागि बहुमतको सरकार गठनको अनुरोध गर्नुभएकोले उपेन्द्र यादवजीहरूले खुट्टा उचालेर केही नहुने बताउनुभएको छ । उहाँले दलहरूले निर्णय गर्ने कुरामा व्यक्तिहरू अरूको पछि लागेर समर्थन छ भनेर दाैडिएको भरमा केही नहुने बताउनुभयो ।
‘राष्ट्रपतिजीले दुई वा दुई भन्दा बढी दल बहुमत प्राप्त सदस्यले सरकार बनाउन सक्ने भनेको छ,’ महतोले भन्नुभयो , ‘त्यसमा जसपा पार्टी सरकारमा जाने छैन । जसपा सरकारमा जाँदैन भने कुनै व्यक्ति सरकारमा जान्छु भनेर जान पाउँदैन । यहाँ राष्ट्रपतिजीले पार्टी पो बोलाउनुभएको छ ,’ ब्यक्ति होईन ।
उहाँले जसपा नयाँ सरकार निर्णमाको पक्षमा नरहेको स्पष्ट गर्नुभयो । महतोले सत्ता गठबन्धनको नयाँ प्रयासमाथि आपत्ति जनाएनुभया । अध्यक्ष महन्थ ठाकुरले पनि वक्तव्य नै निकालेर नयाँ सरकार गठन प्रक्रियामा सहभागी नहुने बताउनुभएको छ । कानुनविद्हरुका अनुसार संविधानको धारा ७६ को २ ले दुई वा दुई भन्दा बढी दलको बहुमत खोजेकाले सांसद थपथाप गरेर बहुमत पुर्याउने कुराको अर्थ छैन ।
प्रकाशित मिति : 10:35









