प्रधानमन्त्रीले भनेः गद्दारहरूको जति निन्दा गरे पनि कम हुन्छ, मिठाइ खाएपनि लड्डु नखानु
२७ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत दिनुपर्छ भनेर संसद बहिष्कार गर्ने नेकपा एमालेका गद्दार सांसदहरूको जति निन्दा गरे पनि कम हुने बताउनुभएको छ । मन्त्रिपरिषद्ब बैठकमा परिषद्का सदस्यहरूसँग विश्वासको मतको समिक्षा गर्दै प्रधानमन्त्रीले गद्दार गर्नेहरूको जति निन्दा गरे पनि कम हुने बताउनुभएको मन्त्रीपरिषद्मा सहभागी एक मन्त्रीले जानकारी दिनुभयो ।
उहाँले सत्ता पक्षका सांसदले सरकारको पक्षमा मतदान नगर्नु गद्दारीपूर्ण घटना भएकोले यसमा क्षमा हुन नसक्ने बताउनुभयो । उहाँले अझै पनि आफ्नो रोडम्यापमै मुलुकको राजनीति अघि बढ्यने बताउनुभयो । उहाँले अझै मुलुकको राजनीति आफ्नो रोडम्यापमा चल्ने जानकारी गराउनुभएको प्रधानमन्त्री ओलीले व्यंगात्मक रूपमा मन्त्रीहरूलाइ मिठाइ खाए पनि लड्डु चाहिँ नखानु भन्नुभएको ती मन्त्रीले जानकारी दिनुभयो ।
प्रकाशित मिति : 20:19









