राष्ट्रपति समक्ष तीन दलको अनुरोध, नयाँ सरकार गठन आह्वान गर्नुस्
२७ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली संसद्मा विश्वासको मत पाउन असफल भएपछि विपक्षी तीन दलका नेताले नयाँ सरकार गठक प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई अनुरोध गरेका छन ।
कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै राष्ट्रपति समक्ष अनुरोध गर्नुभएको हो । उहाँहरूले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठक प्रक्रिया प्रारम्भ गर्न अनुरोध गरेका छन ।

प्रकाशित मिति : 18:50









