काभ्रेको तेमालमा बाख्राको खोरमा यौन सम्पर्क गरेकाे देखेपछि बालिकाको हत्या, जोडी पक्राउ
२१ असार, काठमाडौं । काभ्रेको तेमालमा बाख्राको खोरमा परपुरुषसँग यौन सम्पर्क गरिरहेको अवस्थामा देखेपछि एक फूपुले आफ्नै भदैको घाँटी थिचेर हत्या गरेकी छिन । यौनसम्पर्कको घटना लुकाउन तेमाल गाउँपालिका–१, आधाबाटोकी एलिसा तामाङको बुधबार राति आफ्नै फुपू मिना तामाङले हत्या गरेकी प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेले नजिकैको बारीको कान्लामा घाँटी थिचेर हत्या गरेको अवस्थामा एलिसाको शव फेला परेको जनाएको छ । प्रहरीका अनुसार तेमालमा ज्यामी काम गर्दै आएका २३ वर्षीय जोखन मन्सुर र एलिसाकी फुपू २१ वर्षीया मिना तामाङलाई एलिसाले बाख्राको खोरमा आपत्तिजनक अवस्थामा भेटेकी थिइन् ।
पोल खुल्ने डरले लगत्तै दुई मिलेर बालिकाको हत्या गरेको प्रहरीले जनाएको छ । हत्यामा संलग्नलाई प्रहरील पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : २१ असार २०७५, बिहीबार ११:५७