२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

मन्त्रिपरिषद् बैठक बस्दै, संसद अधिवेशन अन्त्यको सिफारिस हुने

२७ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । संसदमा प्रधानमन्त्रीले  विश्वास मत लिने विषयमा मतदान भए लगत्तै मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । प्रधानमन्त्री ओलीले साँझ ६ बजे बस्नेगरी बैठक बोलाउनभएको हो । सोमबारको मन्त्रिपरिषद् बैठक नियमित भए पनि आजको बैठकले केही महत्वपूर्ण निर्णय गर्ने बुझिएको छ । बैठकले संसदको विशेष अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने बुझिएको छ ।

प्रकाशित मिति : 16:34