डर लागेर सरकारलाई दिएको समर्थन फिर्ता लिन सकिनः प्रचण्ड
२७ वैशाख, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डरका कारण सरकारलाई दिएको समर्थन फिर्ता नलिएको बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि सदनको विश्वास छ भनेर सिद्ध गर्नका लागि बोलाइएको बैठकमा सहभागी हुँदै अध्यक्ष प्रचण्डले समर्थन फिर्ता लिँदा फेरि संसद विघटन गर्ने हुन कि भन्ने डरले आफूहरुले तत्कालै सर्मथन फिर्ता नलिएको बताउनुभयो ।
उहाँले अहिले विश्वासको मत लिने प्रक्रिया स्वभाविक नलागेको पनि बताउनुभयो । उहाँले यो पनि नाटकै हो कि जस्तो लागेको बताउनुभयो । प्रधानमन्त्रीले विशेष अधिवेशन बोलाउने कुरा पनि लोकतान्त्रिक नभएको समेत प्रचण्डको भनाइ छ।
प्रकाशित मिति : 16:04









