संसद बैठक १५ मिनेटका लागि स्थगित
२७ वैशाख, काठमाडाैँ । संसद बैठक १५ मिनेटपछि बस्ने गरि स्थगित भएको छ । विशेष अधिवेशन शुरू भएपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्तावको सूचना दिएकाले त्यससम्बन्धी प्रक्रिया सुरु गर्न १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित गर्नुभएकाे हाे । संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई संसदको विश्वास छ भनेर गरेको प्रस्तावमा मतदान हुँदैछ ।
प्रकाशित मिति : 13:27









