३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

माधव समूहलाई ओलीको अपिलः समस्या भए सँगै बसौँ, छलफल गरौँ र समाधान गरौँ

२७ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुनः एकताका लागि माधवकुमार नेपाल मसूहसँग अपिल गर्नुभएको छ । सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री ओलीले यस्तो अपिल गर्नुभएको हो । प्रधानमन्त्रीको अपिल तल हेर्न सक्नुहुन्छ ।

नेकपा (एमाले) संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दैछ ।

त्यस प्रयोजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको छ। यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ।

तसर्थ, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु। आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं ।  केपी शर्मा ओली, अध्यक्ष, नेकपा (एमाले)

प्रकाशित मिति : May 10, 2021 at 11:14 am