संसद बैठकमा सहभागी नहुने मावधकुमार नेपाल समूहको निर्णय
२७ वैशाख, काठमाडाैँ । नेकपा एमालेक नेता माधवकुमार नेपाल समूहले संसद बैठकमा अनुपस्थित हुने निर्णय गरेको छ । सोमबार बिहान सिंहदरबारमा बसेको सांसदहरूको बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री ओलीले दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिँदैहुनुहुन्छ । त्यसकारण सो बैठकमा सहभागी नहुने निर्णय माधव समूहले गरेको छ । सांसदहरूले अनुपस्थित हुने कि राजीनामा दिने भन्नेबारे स्थायी कमिटीले अन्तिम निर्णय गर्ने सांसद राजबहादुर बुढाले जानकारी दिनुभयो । अहिले सो समूहको स्थायी कमिटी बैठक बसिरहेको छ ।
प्रकाशित मिति : 11:10









