२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

माधव नेपाललाई प्रदीप नेपालको आग्रहः भोलि चुनाव लड्ने हो भने राजिनामा दिन हतार नगर्नुस्

२६ वैशाख, काठमाडाैँ । नेकपा (एमाले) नेता प्रदीप नेपालले माधवकुमार नेपाल पक्षलाई भोलि पनि राजनीति नै गर्ने हो भने अहिले राजिनामा नदिन सुझाव दिनुभएको छ । उहाँले अहिले राजिनामाका लागि हतार गर्ने समय नरहेको बताउनुभएको छ ।

सामाजिक सञ्जाल मार्फत नेता नेपालले अहिले हतारमा राजीनामा दिएपछि पछि अफ्ठ्यारो पर्ने चेतावनी पनि  दिनुभएको छ । उहाँले भन्नुभएको छ ‘राजीनामा गर्न नहतारिनुस् है,भोलि चुनाव लड्ने हो भने अप्ठेरो पर्न सक्छ।’ माधव नेपाल समूहले भोलि १० बजे राजिनामा बुझाउने तयारी गरेको छ ।

प्रकाशित मिति : 22:49