प्रधानमन्त्री ओलीले प्रतिवद्धता जनाए विश्वासको मत दिने माधव समूहको निर्णय
२६ वैशाख, काठमाडाैँ । नेकपा (एमाले) का निलम्बित नेता माधवकुमार नेपालले नेतृत्व गरिरहेको समूहले आफू निकटका सांसदलाइ सोमबार बिहान ९ः३० बजे संघीय संसद सचिवालयमा बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार बिहान ९ बजेसम्मको अल्टिमेटम दिँदै माधव नेपाल समूहले आफ्ना संसललाइ ९ः३० बजे बोलाएको हो ।
आइतबार बेलुकी सिंहदरबारमा बसेको सांसदहरुको बैठकले २०७५ जेठ २ अनुसार पार्टी फर्काउने र आगामी दिनमा पार्टी सहमतिमा चलाउने प्रतिबद्धताका लागि अध्यक्ष ओली तयार नभए एमालेमा नफर्कने उनीहरूको निर्णय छ ।
बैठकपछि नेता योगेश भट्टराईले भन्नुभयो ‘हामी भोलि बिहान ९ बजेसम्म पर्खन्छौं । अध्यक्ष केपी शर्मा ओलीको जवाफ आएपछि राजीनामा दिनुपर्ने, ‘फ्लोरक्रस’ के गर्ने भन्ने निर्णयमा पुग्नेछौं । ओलीले सबै माग पूरा गर्नुभयो भने हामी सरकारको पक्षमा विश्वासको मत दिन्छौं ।’
प्रकाशित मिति : 21:19









