१७ जेष्ठ २०८१, बिहीबार | Thu May 30 2024

एकताबद्ध एमाले नै आजको आवश्यकता र भाेलिकाे भविष्य


-माधव जोशी 

हामी आफ्नो सुविधाको बोलीमा राजनीतिक तरल छ भन्ने गर्छौ। तर अहिले नेपालको राजनीतिक तरल पनि छैन तरलता लाई त एउटा आकार दिन सकिन्छ । यो भुइँमा पोखिएको मट्टितेल जस्तै भए को छ नउठाउन मिल्ने नत दागनै मेटाउन सक्ने ।यो दाग र छिटाबाट ओली मात्र होइन अग्रपङ्क्तिका कुनै पनि राजनीतिक दल र नेतृत्व चोखा छैन सबै लतपत भएका र लेसिएका छन राजनीतिकमा उतरदायित्व गुमाएनको दण्डहीनता मौलाएको अवस्था छ।

कुनैसमय अव नेपालमा कम्युनिष्ट पार्टीको शासन अकण्टक भयो त्यसको सामना गर्न सक्नेछ अर्को कुनै शक्ति छैन भन्ने दावी सहित एमाले र माओवादीबीच एकता भए को हो ।अदालतको एउटा आदेश अनुसार यो पार्टी पुर्ववती अवस्थामा पुग्यो । नेकपा एमालेकाे सङगठन बलियाे भएकाे अनुशासन अवलम्बन गरे काे जनमुखी सङ्गठनलाई बचाउने कि ध्वस्त पार्ने एमालेकाे आन्तरिक संघर्षले नै बताउने छ ।

पार्टीलाई बचाउने कि विभाजन गर्ने भन्ने ओलीको आगामी क्रियाकलापमा भर पर्छ। अभिभारा पनि उहाँको काधमाआएको छ।तर उनले न्याय गर्न सक्लान जस्तै लाग्दैन कसैलाई कारबाही गर्दा वा पदाधिकारी बैठक बाट गर्ने कि एकल निर्णय बाट गर्ने सबै विषय को निर्णय एकजनाले मात्रै गर्ने हो भने किन चाहियो कम्युनिस्टमा पार्टी प्रणाली ।

कम्युनिस्ट पार्टीमा त अझै शक्तिशाली पोलिटब्युरो हो खै त त्यता निर्णय भएको। पुञ्ज, जिवन्त मानवीय भावका खानी,मार्क्सबादी ज्ञान र चिन्तनका भण्डार,कम्युनिष्ट चरित्रले अाेतप्राेत तथा बर्गीय पक्षधरताका पहाड नै रहेछन।नेपाली राजनैतिक धरातलका यस्ता अनमाेल रत्नमाथि अनाहकमा कार्बाहीकाे डण्डा चलाउनेहरुलाई ईतिहासले कतापी माफि दिने छैन।

पार्टीको आन्तरिक लोकतन्त्र र विधान विपरीतका कार्यहरू विरुद्ध हामी सबैले लडेर लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाइ पार्टीको आन्तरिक लोकतन्त्र मजबुत बनाउनु पर्छ। संसद पुन: स्थापनापछि ओलीले राजीनामा गरेनन भन्ने गुनासो गर्नुको कुनै अर्थ छैन आखिर यसमा नैतिकता नै कहा छ र ?

आवश्यक पर्दा कार्यपालिका अर्थात सरकारसँग खरो विमति राख्न सक्नुपर्छ इतिहास साक्षी छ कार्यपालिका अर्थात सरकारसँगको द्धन्द्ध मै संसदीय प्रणालीको विकास भए को हो राजनीतिक द्धन्द्ध लाई गतिशील वनाउन मञ्च बन्न सक्नुपर्छ संसद।

नेता हुनु भनेकाे अरूलाई प्ररित गर्नु हाे निराशा बाडनु हाेइन निराशा बाडने नेताले देशलाई नै डुबाउछन जनतालाई स्वतन्त्रता र सुरक्षाकाे अनुभुती गर्न दिनु पर्दछ त्यस पछि मात्रै कुनै पनि पाटीकाे र त्यस पार्टीकाे नेतृत्व वास्तविकi क्षमता था हुनेछ, राजनेताहरू उच्च चरित्र र नैतिक मूल्य को बनाएर चढाएर वकालत गर्दछन त्यति नै आचरण निकृष्ट र घिनलाग्दो हुने रहेछ।

जब हाम्रो समाज नै मुर्ख र जालसाझीको छ भने त्यही वृद्धिमान राजनेता कताबाट आउनु हुन्छ भन्ने प्रश्न गर्नु नी धिक्कार छ। चरित्रका धनी एव वुद्धिमान व्यक्तिले चुनाव लडने कल्पना पनि नगरे हुन्छ वास्तवमा बुझेका मानिसलेत हिलोमा डुबेर त्यसलाई पखाल्नु भन्दात त्यो हिलोमा नफसेर टाढा रहनु नै राम्रो हुन्छ ।

संसद विघटन गर्नु पुनःस्थापित संसद चल्न नदिनु संविधान अंग कब्जा गर्नु राज्यका सबै अंग सेटिङमा चलाउनु संघियतालाई अपाङ्ग बनाउनु के यो लोकतान्त्रिक मुलुक हो ? हिटलर लाई दुनीयाले एउटा कुख्यात तानाशाह को रूममा चिन्दै आएका छन इतिहासमा मानवता विरोधी शासकका रूपमा अंकित छन।

मान्छे असफ भए पछि उसका राम्रा गुणहरू पनि क्रमश छापिँदै जादा रहेछन सुन्दर सपना चकनाचुर भए एउटा इमानदार र सच्चा नेतालाई राजनीतिकको खेल खेल्ने रहर पनि हुँदैन यो पनि सोचनीय कुरा हो। उथल पुथलको यो राजनीतिले राजनेता हरू को बौद्धिक स्तरलाई क्रमैले ह्रास मात्र गर्दैन राष्ट्र र राज्य को व्यापक हातहरूलाई पनि गहिरो हानी पुर्याउ छ।

नेपाली राजनीतिमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष क केपी अाेलि एउटा चतुर र राम्रो प्रतिवधता तथा छिटो निर्णय लिन सक्ने एउटा कुशल संगठन पनि हुन तर उहाँको एउटा मात्र कमजोर छ त्यो हाे फरक मत सुन्न नचाहने, वरिष्ठ नेता क माधवकुमार नेपाल नेपाली राजनीतिकका एउटा सरल राजनीतिज्ञ हुन र धेरै संग समन्वय गर्नु हुन्छ याे एउटा राजनीतिज्ञकाे सबैभन्दा राम्रो गुण हाे तर उहाँको कमजोर छ सानो सानो कुरामा पनि चित्त दुखाउने पार्टी लाई एकताबद्ध बनाउन सक्ने क माधवकुमार नेपालले राख्नु भएको प्रस्तावहरू

१. २०७५ जेठ २ को पार्टी संरचनालाई क्रियाशील पार्ने ।

२. पहिलो केन्द्रीय कमिटी बैठकबाट सकेसम्म छिटो महाधिवेशनको मिति तोकने र त्यसकालागि आयोजक समिति गठन गर्ने।
३. आयोजक समितिमा अन्य पार्टीबाट प्रवेश गरेका र अन्य कमरेडहरूलाई समेत आवश्यकता अनुसार मनोनयन गर्ने।

४. मातहत कमिटीका अधिवेशन गर्ने समय सीमा तोक्ने । दुवै खेमाबाट बनाइएका कमिटीका सबैलाई समावेश गरेर आयोजक कमिटी बनाउने । २०७५ जेठ २ गते कायम रहेका अध्यक्षलाई संयोजक र अर्को (समानान्तर) कमिटीका अध्यक्ष/संयोजकलाई सहसंयोजक बनाउने ।

५. एकताबद्ध भएर वैशाख २७ गते संसद्मा विश्वासको पक्षमा मतदान गर्ने ।

६. दुई पार्टी एकताबद्ध भए यताका प्रमुख घटनाक्रमका सम्बन्धमा अध्ययन गर्न एक कार्यदल गठन गर्ने । त्यसबाट प्राप्त प्रतिवेदनलाई महाधिवेशनमा प्रस्तुत गर्ने ।

भयावहको अवस्थामा जनताका पिर मर्काका बारेमा चिन्तित र संवेदनशील पर्छ । एउटा सभ्य समाज र राजनीतिमा कल्पना पनि गर्न नसकिने तरीकाले सत्ता जोगाउने र फाल्ने घृणित खेलहरू जारी छन यसलाई बन्द गर्नु पर्छ नेपाली जनताले के अपेक्षा गर्लान् र लोकतन्त्रमा सत्ता केवल वैध तौरतरिकाबाट मात्र प्राप्त हुन्छ। सञ्चालन पनि सोही अनुसार नै हुनु पर्दछ।

र, यसको उद्देश्य पनि वैध नै हुनु पर्दछ । आफ्ना अनैतिक, अराजनैतिक,अपवित्र एबम् अवैध स्वार्थको रक्षाका लागि जेसुकै र जस्तो सुकै हर्कतबाट सत्ता जोगाउने वा सत्ता फाल्ने राज्यसञ्चालक हरूलाई लोकतन्त्रमा छुट हुँदैन यसमा महत्त्वपूर्ण भुमिका एमालेका युवा नेताहरूले नै खेल्नुपर्छ ।

नेकपा एमाले एक नभई सुखै छैन । यो पार्टी फुट्ने गतिविधि ओली र नेपालले गर्न पाउनुहुन्न । नेकपा एमाले एक नभएर सुखै छैन । यो पार्टी फुट्ने गतिविधि ओली र नेपालले गर्न पाउनुहुन्न । यदि त्यसो गरेमा उहाँ इतिहासमा कम्युनिष्ट आन्दोलनको सबैभन्दा खराब पात्र भनेर चिनिनुहुन्छ।’

शीर्ष नेतृत्व कमजोर धरातल र व्यक्त्तिगत स्वार्थसिद्धमा लागेकाले अहिलेको स्थिति सृजना भएको छ । ‘केपी ओली, माधव नेपाल लगायतका नेताहरू व्यक्तिगत दाउपेचमा उत्रनुभयो,‘जसले गर्दा पार्टीभित्र विकराल समस्याहरू देखिँदै गए नेपाली राजनीतिक इतिहास नियाल्दा जंगबहादुर राणा ले ३१ वर्ष को उमेर मा मुलुक को प्रधानमन्त्री भइ शासन को बागडोर समावलेका थिए जबजक जन्मदाता मदत भण्डारीले पनि ३८ बर्ष को उमेरमा नै पार्टी महासचिव हुनु भएको थियो त्यस्तै क माधव नेपालले पनि ४० वर्षको उमेरमा नै पार्टीको नेतृत्व गर्नु भएको थियो अहिले नेपाल कम्युनिस्ट पार्टीका युवा नेता कति वर्षका हुनु भयो ?

देश विदेशकाे राजनीति संस्कार हेर्ने हाे भने हाम्रो नेतृत्वले सिक्नुपर्ने के रहेछन् त वृद्ध अवस्थामा नी कलहकाे बीउ उत्पत्ति गर्नै पर्ने युवाहरूलाई नेतृत्व गर्न कहिले दिने ? सन २००८ मा लेबर पार्टी बत २८ बर्ष को उमेरमा सासद बनेकी ज्यासिन्डा आदन ३७ बर्ष उमेरमा पार्टी प्रमुख हुदै २०१७ अगस्टमा न्युजिल्यान्डको तेर्सो महिला प्रधानमन्त्री हुन सफल भइन त्यस्तै फ्रान्स क युबा नेत म्याएल माक्रो पहिलो पटक चुनाब जितेर रास्ट्रपति हुँदा ३९ वर्षका थिए क्यानडाका जस्टिन टुडो ४४ वर्ष को उमेरमा प्रधानमन्त्री बने उनी अहिले संसार भर मानव अधिकार र सामाजिक सुरक्षा का विषयमा बिश्वब्यापी चर्चामा रहेका छन भने युवा नेतृत्व र लोककल्याणकारी राज्य को गतिलो उदाहरण पेसले गरेका छन ।

फिनल्यान्ड मा सन्ना मरिन ३४ वर्ष को उमेरमा प्रधानमन्त्री निर्वाचित भैन भने आफनो क्याविनेटमा ३५ वर्ष मुनिका ५ जना मन्त्री पनि नियुक्त गरिन। कम्युनिस्ट पार्टीको इतिहास आदर्श मूल्य मान्यता र जनताप्रति जवाफ देहिता लाई आत्मसात गर्दै हाम्रा आदरणीय नेताहरूलाई एकताबद्ध भई नेकपा एमाले पार्टी लाई जाेगाउन अनुरोध गर्दछु ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आईतवार १८:४१