३ असार २०८१, सोमबार | Mon Jun 17 2024

सेयर ट्रेडिङ गर्दा घाटा किन हुन्छ ?


-सुवासचन्द्र भट्टराई

सेयरबजार आशावादीको केन्द्रविन्दु हो ! १/२ पटक घाटा खाएको लगानिक्कर्ताहरु trade गर्न डराउछन! उहॅाहरुको मनोविज्ञानमा डर पैदा भैरहको हुन्छ ! सानो अवधि कोहि व्यक्तिले मार्केटलाई चलाउन खोजेको जस्तो देखिएको हुन्छ ! त्यस्ता व्यक्तिलाई follow गर्नेले सधै कमाउदैनन ! नजानिदो पाराले उस्को ग्राहक जस्तो आफु भैरहेको हुईन्छि ! पैसा कमाउनु र सम्पति सिर्जना गर्नु फरक पार्ट हो ! हामी सिर्जना गर्नतिर लाग्नु पर्छ ! कमाउदै खर्च गर्दा १/२ वटा trade असफल हुने साथ हामी तेस्लाई छोटो अवधिमा पुर्ति गर्न लाग्दा दलदल मा फस्न पनि सक्छौ! जुन अर्को को पैसाले गर्नु झन खतरापुर्ण काम हो !

सेयर बजारमा मुख्यतय अल्पकालीन (ट्रेडर) र दीर्घकालीन लगानीकर्ता (इन्भेस्टर्स) रहेका हुन्छन् । दीर्घकालीन लगानीकर्ताले वर्षै सेयर होल्ड गर्छन् भने अल्पकालीन अर्थात् ट्रेडरले थोरै नाफा वा घाटा हुनासाथ पनि सेयर बिक्री गरिहाल्छन् । छोटो समयमा सेयर खरिदबिक्री गर्दा बजार चलायमान र तरल बन्छ । स्टक ट्रेडरले पनि यसमा मुख्य भुमिका खेलेका हुन्छन् । विश्वको हरेक देशमा स्टक ट्रेडर रहेका हुन्छन् । नेपालमा पनि सेयर ट्रेडिङलाई कतिपयले पेशा बनाएका छन् ।
स्टक ट्रेडिङ आफैंमा एक गाह्रो काम हो । यसमा जोखिम पनि अत्याधिक हुन्छ । ज्ञान, सीप, धैर्यता, अनुशासनबिना ट्रेडिङ गरेर नाफा कमाउन सम्भव छैन । सेयर ट्रेडिङ गर्नुभन्दा अगाडि यसको जोखिम र फाइदा बारे जानकारी राख्नु जरुरी छ । सेयर बजार तथा वित्तीय प्रणाली, बैंकको ब्याजदर, तरलता यी सबै कुराको ज्ञान आवश्यक छ । आफूले खरिद गर्न चाहेको सेयरको वित्तीय अवस्थाको पनि जानकार हुनुपर्छ ।

सेयर बजारको भोल्युम, क्यान्डल स्टिक चार्टदेखि विभिन्न इन्डिकेटरका बारे राम्रोसँग जानकार हुनुपर्छ । विश्वका सफल ट्रेडरहरुले यी सबै कुरामा केन्द्रित रहेर सेयर ट्रेडिङ गर्ने गर्छन् । सबैको रणनीति फरक खालको भए पनि कतिपय कुरा भने एउटै रहेको छ । यी सबै कुरालाई वेवास्ता गर्दा ९०% भन्दा धेरै ट्रेडरहरुले नोक्सानी ब्यहोरेका हुन्छन् । त्यसो भए ट्रेडिङ गर्दा घाटा हुनुको मुख्य कारणहरु के–के हुन् त ?

स्टप लस र प्रोफिट बुक गर्न नसक्नु

प्रयाः लगानीकर्ताले स्टप लस अर्थात् घाटा कटौती वा प्रोफिट बुक नगर्नाले पनि धेरै नोक्सनी व्योहोर्नुपर्ने हुन्छ । सेयर ट्रेडिङ गर्नेका लागि यी दुई नै सबैभन्दा महत्वपूर्ण कुरा मानिन्छन् । स्टक कहिले बेच्ने वा किन्ने यसबारे आफू तयारी अवस्थामा बस्नु पर्छ । विभिन्न इन्डिकेटरले खरिद वा बिक्री संकेत गरेमा त्यो ट्रेडबाट तुरुन्त बाहिरिनु (एक्जिट) पर्छ । यसो गर्दा थप घाटा हुँदैन र पछि कम मूल्यमा सोही सेयर खरिद गर्न सकिन्छ । सानो घाटा कटौती नगर्नाले पछि ठूलो नोक्सानी हुन सक्छ । एउटा विन्दुमा टार्गेट सेट गर्नुपर्छ र नाफा वा घाटा जे भए पनि तुरुन्त बुक गर्नुपर्छ ।

सुवासचन्द्र भट्टराई

सबैभन्दा खराब अवस्थाको लागि योजना नबनाउनु

सेयर बजारमा ट्रेडिङ गर्दा सधैं नाफा मात्र हुन्छ भन्ने हुँदैन । कुनै समय आफूले खरिद गरेको स्टकको मूल्य भारी मात्रामा घट्न सक्छ । जसका कारण धेरै नोक्सानी हुनपुग्छ । सेयर बजारका अन्तर्राष्ट्रिय विश्लेषकहरुका अनुसार ९०–९५% ट्रेडरहरुले नोक्सानी ब्योहोरेका हुन्छन् । यस्तो अवस्थामा कसरी ट्रेड गर्ने भन्ने बारे योजना बनाउनुपर्छ । यसका लागि आफूसँग भएको सबै रकम एउटै स्टकमा लगाउनु हुँदैन र केही नगद पनि साथमा राक्नु पर्छ । भिन्न–भिन्न कम्पनीको सेयर खरिद गर्दा पनि घाटा केही कम हुन सक्छ ।

लाभ नदिने कम्पनीको सेयर होल्ड गर्नु

कतिपय लगानीकर्ताको स्टकसँग लगाव बनेको हुन्छ । जसले गर्दा उनीहरुले सो सेयरको कारोबार गर्न रुचाउँदैनन् र सेयर होल्ड गरेर बस्ने गर्दछन् । यदि कम्पनीको वित्तीय अवस्था खराब बनेको छ भने पनि तिनीहरुले सो सेयर बिक्री गर्न अस्वीकार गर्छन । जसले गर्दा अन्तिममा भारी नोक्सानीमा स्टक बेच्न बाध्य हुन्छन् । कुनै स्टकको मूल्यमा गिरावट आउने देखिन्छ भने त्यसलाई तुरुन्त बेच्नुपर्छ । आफ्नो इमोसनलाई कन्ट्रोल गरेर सेयर ट्रेड गर्नुपर्छ । ट्रेडरको सोच नाफामा हुनुपर्छ ।

कम भोल्युम भएको सेयर खरिद गर्नु र छोटो अवधिमा नाफा कमाउने सोच राख्नु

कम भोल्युम भएको कम्पनीको सेयर ट्रेड गर्नु जोखिमपूर्ण मानिन्छ । त्यस्ता कम्पनीहरुको कारोबार भोल्युम कम हुने गर्छ । तर बजार मूल्य भने धेरै हुन्छ । ती कम्पनीहरुको सेयर मूल्यमा एकै दिन भारी उतारचढाव आउन सक्छ । ठूलो भोल्युम भएका स्टक खरिद गर्दा टेक्निकल इन्डिकेटरले पनि राम्रोसँग संकेत गर्छ ।

साथै, नयाँ ट्रेडरहरुले छोटो अवधिमा मनग्य नाफा कमाउने सोचेर सेयरमा लगानी गर्नु नै सबै भन्दा ठूलो भुल हो । समग्रम यी तथ्यहरुले् सेयर बजारमा ट्रेड गर्नु निकै जोखिमयुक्त हुन्छ भन्ने देखाउँछ । ट्रेड गर्नका लागि हरेक हिसाबबाट योग्य हुन सक्नुपर्छ । क्विक डिसिजन लिन सक्नुपर्छ ।

के त्यसो भए इन्भेष्टर्सले चाहिँ मज्जाले कमाउछँन् त ?
हो, समग्रमा भन्नुपर्दा सेयर बजारमा दीर्घकालीन लगानीकर्ताले मनग्ये कमाउन सक्छन् । तर यसका लागि पनि केही निश्चित नियम र सिद्धान्तहरुलाई भने अनुसरण गर्नैपर्छ । जस्तो, अत्यन्त मजबुत र सबल कम्पनीमा लगानी गर्न सक्नुपर्छ । ती कम्पनीहरुको लाभांश वितरण क्षमता पनि उच्च होस् । कम्पनीको ग्रोथ पनि उत्कृष्ट हुन सकोस् ।

अनि, पर्याप्त लाभ नहुँदासम्म होल्ड गरिरहन सक्ने क्षमता लगानीकर्तामा हुनैपर्छ । यही ३ वटा कुरामा मात्र ध्यान दिन सक्ने हो भने दीर्घकालीन लगानीकर्ताले सेयर संख्यामा कम्पाउन्डिङ गर्दै बजार बढेका बेला मनग्ये पुँजीगत लाभ पनि लिन सक्छन् । त्यसो त वारेन बफेट जस्ता व्यक्ति पनि दीर्घकालीन होल्ड गरेरै सफल भएका हुन् ।

जतिसुकै कुरा गरे पनि बजार Fundamental ले चल्छ! नेपालमा fundamental भनेको कम्पनीको financial Reports लाई मात्र सम्झिने गर्छन जुन विलकुल हुदै होईन !

Fundamental factors
1) Policy ( बजेट भाषण , वित्त नीति, मौंदिक नीति , NRB को circular, Guidelines, मौंदिक नीतिको समिक्षा , सेवान , नेप्से को निती , वीमा समितीको। निती , विध्धुत नियमन आयोगको निीति जस्ता पर्छ!

2. Political situation

3. world Market scenario ( हातहतियार बाट होईन उस्को अर्थतन्त्र विगारेर युद्ध जित्ने वा आफु अनुकुल बनाउने वा अगाडि बढन नदिने नंया निती साम्राज्यवादले ( गुटबन्दी) अपनाएको छ!)

4. Investors psychology and behaviors

Sub factors
1) structures of companies/ no of shares/ demand and supply/ interest rate/ news/ established of government/ balance of payments/ GDP

नोटः नीतिले बजार चल्छ! नेपालमा स्थिर नीति छैन! लगानिक्रतालाई राज्यले दोश्रो दर्जाको नागरिक ले हेर्न गर्छ ! यदि नीति सहि बन्नु हो भने नेप्सेको आगामी यात्रा अति शुखद अनि भविष्य उज्यालो छ! सेयर शिक्षा लिदा particular subject मात्र होईन व्यापकता लिनु राम्रो हो ! जस्को लागि हामी चाडै अनामनगर मा तालिम केन्द् खोल्दैछौं ! जय लगानिकर्ता जय सेयरबजार जय नेप्से ….

(भट्टराईले फेसबुक पेजमा पोस्ट गरेको टिप्पणी यहाँ साभार गरिएको हो- सम्पादक)

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आईतवार १०:५६