१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

परिवारका नाममा पत्र लेखेर कहाँ गए यी बालक ? खोजीका लागि सबैले सहयोग गराैँ


१५ जेठ, काठमाडौँ । मंगलबार देशैभर गणतन्त्र दिवसको सार्वजनिक विदासँगैको कार्यक्रमहरू चलिरहँदा झापामा भने एकै परिवारका दुई बालक पत्र लेखेर सम्पर्कबिहीन भएका छन । झापा जिल्ला गौरादह नगरपालिका १ बेलडागी चोक स्थायी घर भएका भुपेन खड्काका दुई नबालक छोराहरू १४ वर्षका खगेन्द्र खड्का र देब खड्का परिवारको नाममा पत्र लेखेर सम्पर्कबिहीन भएका छन ।

उनीहरू स्थानीय मोति माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिए । खैरो पेन्ट कोठे सट अनि कपडाको पाडा जुत्ता लगाएका उनीहरू जेठ १५ गते मंगलबार बिहान १० बजे बुबा आमा र दिदीलालाई हाम्रो चिन्ता नलिनु  र नखोज्नु भनेर सम्पर्कबिहीन भएका छन । उनीहरूललाई प्रहरीको सहयोगमा परिवारले खोजी जारी राखे पनि अहिलेसम्म अवस्था पत्ता लाग्न सकेको छैन ।

उनीहरूले खोजीको कष्ट नगर्न अनुरोध गर्दै आफूहरू ठूलो भएपछि फर्केर घरमै आउने बताएका छन । परिवारका सदस्यले दुई बालक भेटेमा तलको नम्बर वा प्रहरी कार्यालयमा खबर गरिदिन अुनरोध गरेको छ । बालक भेटिएका सम्पर्क गर्ने नम्बर बालकहरूको बुबा भुपेन खड्काको ९८१४९०४७२३ नम्बर सोम कार्कीको ९८१४९५४८७१३ नम्बरमा खरब गरिदिन अनुरोध गरेको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार २३:३७