१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बुबाको नाममा पत्र लेखेर घर छाडेका दुई बालक भेट्टिए


१६ जेठ, काठमाडौँ । मंगलबार देशैभर गणतन्त्र दिवसको सार्वजनिक विदासँगैको कार्यक्रमहरू चलिरहँदा झापामा पत्र लेखेर सम्पर्कबिहीन भएका एकै परिवारका दुई बालक राति भेट्टिएका छन । सामाजिक सञ्जालमा भएको हल्लीखल्लीले उनीहरू समयमै भेटिएका हुन ।

झापा जिल्ला गौरादह नगरपालिका १ बेलडागी चोक स्थायी घर भएका भुपेन खड्काका दुई नबालक छोराहरू १४ वर्षका खगेन्द्र खड्का र देब खड्का परिवारको नाममा पत्र लेखेर सम्पर्कबिहीन भएका थिए । तर सामाजिक सञ्जालमा उनीहरू हराएको देखेका एक व्यक्तिले मोरङको पथरीस्थित एक घरमा आश्रय लिएर बसेको अवस्थामा परिवारका सदस्यलाई सूचना दिएर राति उनीहरूको जिम्मा लगाएका छन । गौरादह १ का जनप्रतिनिधि जमुन राईको रोहबरमा बालकहरुलाई राती नै घरमा लगिएको परिवारको सदस्यले बताएका छन ।

उनीहरू गाैरादहको स्थानीय मोति माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिए । खैरो पेन्ट कोठे सट अनि कपडाको पाडा जुत्ता लगाएका उनीहरू जेठ १५ गते मंगलबार बिहान १० बजे बुबा आमा र दिदीलालाई हाम्रो चिन्ता नलिनु र नखोज्नु भनेर सम्पर्कबिहीन भएका थिए । उनीहरूले खोजीको कष्ट नगर्न अनुरोध गर्दै आफूहरू ठूलो भएपछि फर्केर घरमै आउने बताएका थिए ।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार १२:०७