१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेप्सेमा दुई कम्पनीको १२ लाख ४१ हजार बोनस सेयर सूचीकृत, कुनको कति ?


१६ जेठ, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बुधवार एनएलजी इन्स्योरेन्स र स्वरोजगार लघुवित्तको १२ लाख ४१ हजार ६४२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

स्वरोजगार लघुवित्तको ७ प्रतिशत बापतको ४ लाख ३९ हजार ४० दशमलव ६५ कित्ता र एनएलजीको ८ लाख २ हजार ६०१ दशमलव ६९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हाे।

दुवै कम्पनीको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि दाेस्राे बजारमा काराेबार हुनेछ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार १८:५४