२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

अन्तिम प्रयास भनिएको माधवकुमार नेपालसँग वार्ता सकियो, के भयो कुराकानी ?

२६ वैशाख, काठमाडौँ । नेकपा एमाले जोगाउने अन्तिम प्रयास भनिएको वरिष्ठ नेता माधवकुमार नेपालको सँग वार्ता सकिएको छ । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरू राजिनामा बोकेर संसद सचिवालय यताउता गरेर डुलिरहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीको म्यान्डेट लिएर संसदीय दलका उप नेता सुवासचन्द्र नेम्वाङ र उपमहासचिव विष्णु पौडेल बार्ताका लागि सिंहदरबार पुग्नुभएको थियो ।

वार्तामा ठोस सहमति नभए पनि सकारात्मक भएको एमलो संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङ्ले जानकारी दिनुभयो । उहाँले फेरि पनि तुरन्तै बसेर समस्या समाधानका लागि पहल गरिने जानकारी गराउनुभयो । माधव नेपालले राजिनामा दिनुहुन्छ कि हुँदैन भनेर पत्रकार गरेको प्रश्नमा भने नेम्वाङले त्यस्तो कुरामा आफूहरूलाइ विश्वास नभएको बताउनुभयो ।

उहाँले आफूहरूले पनि राजिनामको सन्दर्भको कुरा सोधेको भन्दै माधवकुमार नेपालले त्यसबारेमा कुनै जानकारी नभएको जस्तो गर्नुभएको बताउनुभयो । वार्तापछि नेम्वाङ र पाैडेल प्रधानमन्त्री निवास बालुवाटार हिड्नुभएको छ भने माधवकुमार नेपालले अाफू निकटका सांसदहरूसँग समिक्षा गर्दै हुनुहुन्छ ।

प्रकाशित मिति : 16:49