माधव नेपालसहित ८ सांसद संसद सचिवालयमा, राजिनामा देलान कि त्यसै फर्केलान ?
२६ वैशाख, काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल समूहका ८ सांसद राजिनामा बोकेर संसद सचिवालय पुगेका छन । यसअघि उनीहरूले सांसद पदबाट राजिनामा दिने बताएका थिए ।
शनिबार साँझ सो समहूको भेलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ असहयोग गर्ने र सत्तात्यूत गर्ने भन्दै राजिनामा दिने निर्णय लिएका थिए । राजिनामा दिने भनेर सूची भएका सबै सांसदहरूले पनि राजिनामा नदिने भएका छन । कतिपयले राजिनामा नदिने अडान लिएका छन भने कतिपयले फरक मत राखेका छन ।
अहिले संघीय संसद सचिवाल परिसरमा राजिनामा पत्र बोकेका ८ सांसद जम्मा भएका छन । संसद सचिवालयमा पुगिसेका सांसदहरूमा माधवकुमार नेपाल, योगेश भट्टराइ, विरोध खतिवडा, मेटमणि चौधरी, निरादेवी गैरे, सरला यादव, पवित्रा निरौला खरेल र जीवनराम श्रेष्ठ रहनुभएको छ ।
उहाँहरूले परिस्थिति हेरेर राजिमाना बुझाउने बुझिएको छ । अहिले प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसँग वार्ताका लागि संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र उपमहासचिव विष्णु पौडेललाइ पठाउनुभएको छ । त्यसकारण त्यहाँ पुग्ने सांसदहरू पनि अलमलिइ रहेका छन ।
प्रकाशित मिति : 15:53









